
दमौली : अमूल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृति को जगेर्ना गर्दै पर्यटन को विकास गरौं भन्ने मुल नाराका साथ आयोजित पाँचौं आदिवासी जनजाति महोत्सवको तेस्रो दिन आज आइतबार गायिका भुमिका गिरीको प्रस्तुतिमा दर्शकले भरिपुर्ण मनोरञ्जन लिएका थिए।
आफुले गाएका ,दर्शकले धेरै मन पराएका आफ्नै हिट गीत गाएकी गिरीलाई दर्शकले नाचेर साथ दिएका थिए। स्थानीय भाषा , धर्म,कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको महोत्सवमा आदिवासी जनजातिहरुका विशेष प्रस्तुती, सांस्कृतिक, प्रर्दशनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने पनि जनाईएको छ।
दमौली व्यास-३ विपिवनवाटीकामा जारी महोत्सव माघ ३गते सम्म चल्ने जनाईएको छ ।