छैठौ वार्षिक साधारण सभाको अवसर पारि स्मारिका विमोचन

  • ख-
  • ख+

देव गजमेर दमौली : तनहुँ सुनचाँदी व्यवसायी संघको छैठौं बार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार वि.क.को प्रमुख आतिथ्यतामा सम्पन्न छैठौं वार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रमको एक समारोह विच पानसमा दिप प्रज्ववलन गरि समुद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै निवर्तमान अध्यक्ष सुनारले सुन बितरणका लागि सदस्यता र प्यान नं को आधार नै वैज्ञानिक आधार हो यस समानुपातिक बितरण प्रणालीको निर्णय भए पनि लागु नभएको बताए ।

विशिष्ट अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव केश बहादुर सुनारले व्यवसायीका धेरै समस्या भएको हुनाले पनि यो समस्या समाधान गर्न तिर महासंघ, प्रदेश लाग्नु पर्ने कुरा प्रस्ट्याए । गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमले प्रदेश मार्फत व्यवसायीहरुका समस्या समाधान सके सम्म गर्ने प्रयात्नमा रहेको बताए , उनले भने कोभिडका कारणले धेरै काम रोकियो साधारण सभा देखि हरेक काम अव भने निरन्तर रुपमा अगाडी बड्ने उनको भनाई थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य एवम् सस्थाका पुर्व अध्यक्ष तेज बहादुर वि.क. निवर्तमान अध्यक्ष कृष्ण सुनार लगायत विभिन्न जिल्ला बाट आएका वरिष्ठ अतिथि, अतिथिले कार्यक्रममा आ–आफ्नो भनाई राखेका थिए । स्मारिकामा संस्थापक कार्यसमिति देखि हाल सम्मका कार्यसमिति र संस्थाको सुरुवाती चरण देखि अहिले सम्म गर्दै आएका सामाजिक गतिबिधिहरु,लेख–रचना, शुभकामना लगाएतका विषय समेटिएर स्मारिका प्रकाशन गरिएको संघका अध्यक्ष विनोद कुमार विकले बताए ।

तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष विनोद कुमार वि.कको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष हरि गहतराजको थियो । यसै गरि संघका कोषाध्यक्ष रोहित वि.कबाट प्रस्तुत आय व्यय विवरण र आगामी बर्षको अनुमानित आय व्यय विवरण सहित अनुमानित कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको समापन संघका सह–सचिव लुद्रविर विकले गर्नु का साथै कार्यक्रम सञ्चालन संघका सचिव पदम सुनारले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्