बुधबार दिनभरको कोरोना अपडेटः ३ शिक्षकसहित ७ संक्रमित (कहाँ कति विस्तृत)

  • ख-
  • ख+

दमौलीः बुधबार तनहुँमा ७ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमा अस्पतालका चिकित्सक, शिक्षक र कार्यालयका प्रमुख पनि छन् ।

व्यास नगरपालिकाः शिक्षक र चिकित्सकसहित ३ जना
व्यास नगरपालिकामा संक्रमितमा दमौली अस्पतालका २७ वर्षका चिकित्सक, कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका प्रमुख तथा व्यास १२ का ५१ वर्षका शिक्षक छन् ।
भीमाद नगरपालिकाः २ जना शिक्षक
भीमाद नगरपालिकामा दुई जना शिक्षकमा संक्रमण भेटिएको छ । समुदाय संक्रमण भेटिएको भन्दै नगरपालिका बन्द गरेर चेकजाँचमा लागेको नगरपालिकामा ती दुई शिक्षकमा संक्रमण देखिएको हो ।
भानु र देवघाटः बालिकासहित २ जना
भानु नगरपालिका १ मा तीन वर्षिया बालिकामा संक्रमण भेटिएको छ । देवघाट गाउँपालिका ५ मा ४३ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्