
दमौली : तनहुँ र चितवन जोड्ने बुद्धसिं मार्गमा कालोपत्रे कार्य शुरु भएको छ । तनहुँको सदरमुकाम दमौली बस पार्क देखि सुडेको पुलसम्म कालोपत्रे गर्नको लागि ठेक्काको जिम्मा मैनाचुली सफल जेभी काठमाण्डौंले पाएको छ ।
०७९ भदौ २७ गते सम्झौता गरेको , सडक सात मिटर दुई लेनको हुनेछ । दमौलीबाट पृथ्वीराजमार्ग हुदै चितवन जानुभन्दा बुद्वसिं मार्ग भएर जाँदा करिब २२ किलोमिटर दुरी छोटो पर्ने सडक३३ महिना भित्र सम्पन्न गर्ने सम्झौता भएको छ दुई लेनको बाटो,चालु आवमा भ्याट सहित ३४ करोड २७ लाख, ५४ हजार ५ सय ६१ रुपैयाँ लागतमा सम्पन्न हुने वताईएको छ।