ऋषिङ ४ मा नेपाली कांग्रेसको कार्यालय स्थापना

  • ख-
  • ख+

नेकपाको नेतृत्वमा देशमा अस्थिरताः आले
ऋषिङ: ऋषिङ ४ मा नेपाली कांग्रेसको वडा नं ४ मा कार्यालय उद्घाटन भएको छ । कार्यालयको संविधान सभा सदस्य झुल बहादुर आलेले उद्घाटन गरे । सो अवसरमा उनले सातवटै प्रदेशमा नेकपाको सरकार रहेको तर देशमा अव्यवस्था, भ्रष्टाचार र अस्थिरता निम्तिएको दाबी गरे ।

बलात्कारी र भ्रष्टाचारीहरुले उन्मुक्ती पाउनु, नन्दप्रसाद अधिकारिले न्याय नपाउनु र आम जनताको स्वास्थ्य क्षेत्रमा सहज पहुँच रहोस भन्ने हेतुले अनशनरत गोविन्द केसीको माग सम्बोधन हुन नसक्नु देशका लागि लाजमर्दो अवस्था भएको उनले बताए ।

पार्टी क्षेत्रीय सभापती तथा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले संगठनमा युवाहरुको भुमिका महत्वपुर्ण हुने भन्दै कार्यालय संचालनसँगै लोकतान्त्रिक मुल्यमान्यता स्थापित गर्नको लागि कृयाशिल हुनपर्ने बताए ।

जनता माझ कबुल गरेका बाचाहरु कांग्रेसको नेतृत्व लिएका कारण कांग्रेसको नीति सिद्धान्त नै समस्यामा परेको जनताको दुखमा हातेमालो गर्ने भन्दै नेपाली कांग्रेसको नेतृत्वमा रहेको ऋषिङ्ग गाउँपालिकाले आम जनताको शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भर बन्ने तालिम लगायतको समस्यामा परेका जनताको माग पूरा गर्न निरन्तर प्रयास गरिरहेको उनले बताए ।

‘व्यवसायिक कृषिबाट नै ऋषिङ्ग आत्मनिर्भर बन्ने खालका कार्यक्रम छन्,’ उनले भने,‘युवाले यसबाट लाभ लिनुपर्छ ।’
नेपाली कांग्रेस जिल्ला सदस्य मोहन गिरीले क्रियाशिल सदस्यता फगत वितरणमा मात्र नभई पार्टीको संगठन विस्तारमा महत्वपूर्ण कडीका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा तरुण दल बिस्तार पनि गरिएको छ । महेश श्रेष्ठको संयोजकत्वमा गठित समितिमा मानबहादुर रानाभाट उपसभापति, सचिव केशरबहादुर आले, कोषाध्यक्ष पार्वती विक, सहसचिव सुनिल रानाभाट सहित १३ सदस्यीय तरुण दल ऋषिङ्ग ४ कार्यसमिति गठन गरिएको छ ।

कार्यक्रममा क्षेत्रीय सदस्य गिनुमाया थापा, ऋषिङ्ग गाउँ कार्यसमितिका सभापति रामनाथ काफ्ले, सचिव दान बहादुर श्रेष्ठ, नेपाल तरुण दल ऋषिङ्गका संयोजक बुद्धिमान राना लगायतले मन्तव्य राखेका थिए । वडा सभापति प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका कृयाशिल सदस्य मनबहादुर थापा, नेपाल तरुण दल ऋषिङ्ग ४ का संयोजक महेश श्रेष्ठ लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी