बाल विद्याश्रम प्रा विका विद्यार्थीलाई न्यानो कपडा र बिधालयलाई आर्थिक सहयोग

  • ख-
  • ख+

शालिकराम वि.क भिमाद : स्वर्गिय कृष्ण कुमार श्रेष्ठ को सम्झनामा भिमाद न पा -७ सिस्नेरि स्थित बाल विद्याश्रम प्रा वि का ३४ जना विद्यार्थीहरुलाई न्यानो कपड़ा, स्कुल ड्रेस सहयोग गर्नुका साथै बिधालयलाई आर्थिक पक्ष सबल बनाउन वार्षिक रु १०८८४ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भिमाद नगर पालिका वडा नं ६ निवासीस्वर्गिय कृष्ण कुमार श्रेष्ठ की श्रीमती विश्वशान्ति श्रेष्ठ, जेष्ठ सुपुत्र सरोज श्रेष्ठ, छोरीहरू सरिता, अनिता र ज्वाई राजेश श्रेष्ठ लगायतले सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।

अभिभावक, स्कूल शिक्षक, समाजसेवी लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भिमाद नगर पालिका ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ , छोरा शरोज श्रेष्ठले स्वर्गिय कृष्ण कुमार श्रेष्ठ को जिबनी र उनको समाज सुधार प्रति को लगावको बारेमा प्रष्ट पारेका थिए ।

आगन्तुक अतिथि , सहयोग दातालाई कार्यक्रममा स्वागत सिता भण्डारीले गर्नुका साथै,कार्यक्रमसंचालन प्रध्यानाध्यापक सुमित्रा थापाले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी