प्रथम राजेन्द्र स्मृति कप मंसिर २९ देखि पौष ७ सम्म हुने

  • ख-
  • ख+

दमौली: दोभान युवा क्लब को आयोजनामा
दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिता तनहुँ मा हुने भएको छ ।


मंसिर २९ गते देखि पौष ७ गतेसम्म हुने प्रतियोगिताको बिहिबार पत्रकार सम्मेलन गरी क्लवले जानकारी गराएको हो । क्लवका अध्यक्ष नल बहादुर दरैका अनुसार दमौलीको वि.पि. वनवाटिका खेल मैदानमा हुने ‘सेभेन ए’ फुटबल प्रतियोगितामा पहिलो हुने टिमलाई २ लाख ५ हजार ५ सय ५५ रूपैयाँ नगद तथा प्रमाणपत्र, मेडल र कप पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै द्धितिय हुने टिमलाई १ लाख १५ हजार ५ सय ५५ रूपयाँ नगद र प्रमाणपत्र, मेडल तथा कप प्रदान गरिने अध्यक्ष दरैले बताए । तनहुँकै ठूलो राशि पुरस्कार दावी गरिएको प्रतियोगितामा क्वाटरफाइनल देखि म्यान अफ द म्याच लाई ५ हजार ५ सय नगद र मेडल, उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय नगद तथा मेडल र प्रमाणपत्र दिइनेछ ।

उत्कृष्ट गोलरक्षकलाई नगद रू ५ हजार मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्तालाई ५ हजार नगद, मेडल तथा प्रमाणपत्र, उत्कृष्ट डिफेन्डरलाई ५ हजार नगद, मेडल र प्रमाणपत्र दिइनेछ जनाईएको छ ।

त्यस्तै अनुसासित टिमलाई ८ हजार नगद र प्रमाणपत्र प्रदान गरिने क्लब का अध्यक्ष दरैले बताए । मंसिर २८ गते साँझ ५ बजेसम्म टिम दर्ता हुने र टिम दर्ता शुल्क ८ हजार राखिएको क्लवका सचिव सुमन बस्नेतले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्