मादीनदी किनारमा पर्खाल लगाउन शुरु

  • ख-
  • ख+

दमौली तनहुँको व्यास नगरपालिका–५ पाटनमा बर्षाका कारणले क्षति भएको क्षेत्रमा ग्याविन पर्खाल लगाउन सुरु गरिएको छ । वर्षेनि नदिले कटान गरेको कारणले करिब ६६३ घरधुरी जोखिमा पर्ने गरेको थियो ।

नदी कटानको जोखिममा परे पछि त्यसको संरक्षणको लागि व्यास नगर पालिकाको पहलमा ग्याबिन पर्खाल लगाउन शुरु गरिएको हो । गण्डकी प्रदेश सरकारको २ करोड ५० लाखको लागतमा ग्याबिन वाल लगाउन थालिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।

नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत धरापमा पर्नुका साथै मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष एवं स्थानीय कृष्णकुमार श्रेष्ठले बताए ।


टेण्डर मार्फत निर्माण कार्य सम्पन्न गर्न एम आर एण्ड गु्रप प्रा.लि.ले निर्माणले जिम्मा पाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्