दमौली अस्पतालका चिकित्सकसहित तनहुँमा ३ संक्रमित थपिए

  • ख-
  • ख+


दमौलीः
दमौली अस्पतालका अर्का एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । यस अघि मेडिकल सुपरिटेण्डेण्ट संक्रमित भएर आईसोलेसनमा रहेकै बेला अस्पतालका अर्का चिकित्सकमा पनि संक्रमण भेटिएको हो । उनी २७ वर्षका छन् ।

अस्पतालले चिकित्सकहरुको स्वाब संकलन गरेर पठाएकामा थप एकमा संक्रमण भेटिएको हो । यसअघि चालकमा पनि संक्रमण भेटिएको थियो ।
पछिल्लो समय थपिएका संक्रमितमा भीमाद २ का ५२ वर्षका दुई पुरुष छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्