म सँग रामचन्द्रको नम्बर छैन ,तपाईले शुभकामना सुनाई दिनुस् – जोशी

  • ख-
  • ख+

बिकास खनाल
दमौली :
नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री एवम् तनहुँ क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार गोबिन्द राज जोशीले आँफुसँग रामचन्द्र पौडेलको नम्बर नहुँदा बधाई एवम् शुभकामना दिन नपाएको बताएका छन् । सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा दमौली न्युजका समाचार प्रमुख बिकास खनालले सोधेको प्रश्नमा जोशीले बिजेतालाई पराजित उम्मेदवारले बधाई दिने राजनीतिक संस्कार रहे पनि आँफुले भने पौडेलको नम्बर नभएर दिन नपाएको बताए । “ म सँग नम्बर छैन त्यसैले तपाईंले शुभकामना सुनाईदिनुस् “ जोशीको भनाइ थियो ।

रामचन्द्र पौडेलले जित्दा फेरि तनहुँ पछाडि पर्ने हुँदा दुख लागेको भन्दै जोशीले आँफुलाइ हराउन पाँचदलिय अप्रजातान्त्रिक गठबन्धन र एमाले समेत गरि छ वटा गठबन्धन मिलेको आरोप लगाए । आँफुलाइ मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै उनले आँफुले रोजेको बाटो सहि भएको हुँदा कोहि पनि बिचलित नहुन आग्रह गरे । पार्टीमा शिद्धान्त,आचरण र ब्यबहारले कांगे्रस हुने हो, संस्थापन पक्ष यी सबै कुरामा बिचलन को बाटोमा छ, हामी पार्टीलाई पुनर्संरचना गर्दै सहि ट्र्याकमा लाने कोशिशमा छौं जोशिले भने ।

कांग्रेस ले सहि बाटो छोडेर गलत बाटोमा जान्छ भनेर बिपि बिचार समाजको स्थापना भएको भन्दै जोशीले आँफुहरू बिपिको सिद्धान्त अनुसार हिँडेको बताए । रामचन्द्र पौडेल , सेरबहादुर देउवा काङ्ग्रेस भन्न लायक छैनन,पार्टीको सिद्धान्त अनुसार पार्टीलाई चलाएका छैनन् , अनि यिनिहरूले मलाई पार्टी हित बिपरित गयो भन्न मिल्छ ? भन्दै बिपिको बिचारमा आँफु सदैव लाग्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्