तनहुँ १ मा काङ्ग्रेस उम्मेदवार रामचन्द्र पाैडेल निर्वाचित

  • ख-
  • ख+

दमाैली : तनहुँ क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पाैडेल निर्वाचित भएका छन् । यहि मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ को प्रतिनिधी सभा सदस्यमा काँग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका हुन् । पौडेल ५३७५ मतको मतान्तरमा निर्वाचित भएका हुन्।

पौडेलले २५३१८ मत पाए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एक बहादुर रानाले १९९४३ मत पाए । यस्तै काङ्ग्रेस पुर्व सहमहामन्त्री गाेबिन्द राज जाेशीले ६८७८ मत प्राप्त गरेका छन् । निर्वाचित पाैडेललाइ भावि प्रधानमन्त्री काे रूपमा तनहुँले हेरेको छ ।


यश अगाडि नैँ प्रदेशकाे मत परिणाममा गठबन्धनका उम्मेदवारहरू नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा माओवादीका हरि बहादुर चुमान निर्वाचित भैसकेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी