तनहुँ क्षेत्र नं दुईमा दुई पूर्व वनमन्त्री बिच रोचक भिडन्त, गठबन्धनको भोटले आँफुले जित्ने भण्डारीको दावी !

  • ख-
  • ख+

बिकास खनाल : तनहुँ जिल्लाको क्षेत्र नं दुईमा काङ्ग्रेस एमालेका दुईजना पुर्व बन मन्त्री उमेदवार बिच रोचक भिडन्त हुने भएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा छन् ।


सत्तारुढ गठबन्धनका तर्फबाट पूर्ववनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी चुनावी मैदानमा छन् भने नेकपा (एमाले) का तर्फबाट पूर्व वनमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य किरण गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । ठूला पार्टीका अलवा यो क्षेत्रमा लौरो चुनाव चिन्हका बिष्णु पराजुली सहित १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।यस्तै क्षेत्र नं २ को प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपाने र नेकपा (एमाले) का तर्फबाट श्यामराजा महत सहित ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै क्षेत्र नँ २ को प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका पार्टी सभापति जितप्रकाश आले मगर र नेकपा (एमाले) का तर्फबाट एमाले पुर्व जिल्ला अध्यक्ष केदार सिग्देल सहित ४ जना चुनावी प्रतिस्पर्धामा छन् ।चुनावी प्रतिस्पर्धामा रहेका दुबै पूर्वमन्त्री नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा वनमन्त्री बनेका थिए । गुरुङ विसं २०६४ मा पहिलो संविधानसभाको निर्वाचनपछि नेकपा (एमाले)को समर्थनमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा वनमन्त्री थिए भने भण्डारी दाहाल दोस्रोपटक प्रधानमन्त्री बन्दा विसं २०७३ सालमा वनमन्त्री नैं बनेका थिए ।

भण्डारी विसं २०७० मा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए भने विसं २०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट एमालेका केदार सिग्देलसँग पराजित भएका थिए । प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङ विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ प्रदेश २ बाट प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा अर्थमन्त्री बनेका थिए । अन्य धेरै उमेदवार रहेपनि अन्तिममा ठुलो प्रतिस्पर्धा दुई पुर्व बनमन्त्रि बिचमै हुने आँकलन मतदाताको छ । बिगतमा गरेको काम र एमालेको बलियो संगठनको आधारमा विजयी हुने पुर्व मन्त्री गुरूङले दावि गरिरहँदा भण्डारीले भने विगतदेखि कम्युनिष्टले जित्दै आएको यस ठाउँमा विकासले सोचे जति गति लिन नसकेको हुँदा यसपटक आफूले चुनाव जित्ने दावि गरेका छन् ।


तनहुँ क्षेत्र नम्बर २ विकासमा पछाडि प¥यो, यसपटकको निर्वाचनमा गठवन्धनले चुनाव जितेर विकासका योजनालाई अगाडि बढाउँछौँ”, भण्डारीले भनेका छन् ।तनहुँ क्षेत्र नम्बर २ मा कूल एक लाख २५ हजार पाँच मतदाता छन् । यो क्षेत्रमा कूल ४३ वडा र एक सय ५३ मतदान केन्द्र छन् । गत स्थानीय तहको निर्वाचन मतपरिणाममा एमालेको ३० हजार ९ सय ६२ , काङ्ग्रेसको ३० हजार ६ सय ६ , माओबादिको ६ हजार ८ सय ३६,एकिक्रित समाजवादीको १ हजार २ सय ५२ र राप्रपाको ९५५ मत रहेको थियो । जसका आधारमा गठवन्धनबाट उमेदवार बनेका काङ्ग्रेस नेता शंकर भण्डारी ७ हजार ७ सय १९ मतले अगाडि देखिन्छन् । गठवन्धनबाट ईमानदारीपुर्वक भोट आउने र यसपटक एमालेले पटकपटक जितेको किल्ला तोड्ने रणनीतिमा भण्डारी छन् ।


उनलाई गठवन्धन भित्रको भोट झरेमा मात्रै पनि जित्न प्रयाप्त हुने छ । यश निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसका अमरराज कैनिले बाहेक अहिलेसम्म सबै एमाले उमेदवारले जित्दै आएका छन् । कैनि पछि आँफुले काङ्ग्रेस क्षेत्र नं २ मा इतिहास राख्ने प्रयासमा भण्डारी छन् । भण्डारीलाई खुवि भएको नेताको रूपमा मतदाताले लिएका छन् । नेपाली काङ्ग्रेस बिपिका उपसभापति पुस्प पराजुली मंगलबार मात्रै काङ्ग्रेस प्रवेश गर्नुले पनि भण्डारीलाई चुनाव जित्न थप सहजता बनाएको आँकलन गरिएको छ । ठुलो रस्साकस्सि र आआँफुले जित्ने दावी गरिरहँदा मतदाताले भने कसलाई बिजय गराउँछन् त्यो हेर्न भने मंसिर ४ गते नैं कुर्नुपर्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी