एमाले उम्मेदवार गुरूङ भन्छन् – मलाई जिताउन मतदाता आतुर छन् ।

  • ख-
  • ख+

दमौली : नेकपा एमाले तनहुँ क्षेत्र नं १ प्रदेश १ क का उम्मेदवार रामबहादुर गुरूङले आँफुलाई जिताउन मतदाताहरू आतुर रहेको बताएका छन् ।

म प्राय सबै मतदाताको गाउँ गाउँमा पुगेँ, सबैले तपाईं बिकास प्रेमि नेता हो तपाईं लाई भोट हालेर जिताउँछौ भनेका छन् गुरूङले भने । मतदाताको कुरा सुन्दा अब ४ गते प्रक्रिया पुर्याउन मात्रै बाँकी हो , गुरूङको दावी छ । आँफुलाई २०७४ सालमा प्रदेश साँसदमा यहाँका जनताले विस्वास गरेर जिताएको भन्दै उनले ५ बर्षसम्म गरेको कामले पनि मतदाताहरू आँफु प्रति आसावादी रहेको पाएको बताए ।

गुरूङले ठुला – ठुला योजनाहरूमा बजेट पारेको भन्दै चन्द्रावती पोखरी छाप हुँदै ढाडफेदि मोटरमार्ग यसैको एउटा उदाहरण भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी