तनहुँ क्षेत्र नं २ का उम्मेदवार : पराजुली प्रचार प्रसारमा ब्यस्त

  • ख-
  • ख+


दमौली : तनहुँ क्षेत्र नं. २ प्रतिनिधि सभाकाे स्वतन्त्र उम्मेदवारी दिएका विष्णु पराजुलीले अत्यन्तै उत्साहित भएका छन् ।

चुनाव प्रचारप्रसारकाे सिलसिलामा सबै वडामा पुगेका पराजुलीले मतदाता बाट पाएको मायाले अाँफु उत्साहित भएको बताएका छन् । मतदाताहरुले युवा एवम् स्वतन्त्र उम्मेदवार खोजेकाले पनि हौसला मिलेको उनले बताए ।

मतदाताको घर घर पुग्दा सबैले सहयोग गर्ने बताएका छन् उनले भने । पछिल्लो समय भिमाद नगरपालिकाका विभिन्न ठाउँकाे घर दैलोमा पराजुली छन् । ३०औं वर्षसम्म पुराना राजनीतिक दलहरुले जनतालाई गुमराहमा राखेकाले यस पटक उनीहरु परिवर्तनको पक्षमा रहेको पराजुलीले बताए ।

यस पटक क्षेत्र नं. २ का मतदाताहरुले मत परिवर्तन गर्ने र सो मत आफनो पक्षमा आउने भन्दै पराजुलीले जित्ने दाबी गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी