ईन्सेक गण्डकी प्रदेशको पत्रकारसँग अन्तरक्रिया

  • ख-
  • ख+

दमौली: अनाैपचारिक क्षेत्र सेवा केन्द्र ( ईन्सेक) गण्डकी प्रदेशले मंगलबार दमाैलीमा पत्रकार सँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

स्वच्छ , भयरहित र निस्पक्ष निर्वाचन सबैको सराेकार भन्ने नाराका साथ इन्सेकले पत्रकारहरू सँग अन्तरक्रिया गरेको हाे । कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका शिव पाेख्रेलले गण्डकी प्रदेशमा ७६ जना र तनहुँ जिल्लामा ८ जना इन्सेक प्रतिनिधिले निर्वाचनमा पर्यबेक्षण गर्ने जानकारी दिए । स्थानीय चुनाबमा भन्दा यसपटकको निर्वाचन आचारसंहिता पालनामा बढी सन्ताेसजनक पाएको पाेख्रेलले बताए ।

राजनीतिकर्मि हरूले आचारसंहिता लगभग पालना गरेको देखिएको छ उनलेे भने । तुल ब्यानर देखि सवारीसाधन सम्ममा भड्किलो नदेखिएको उनको भनाइ थियो । कार्यक्रममा शबनम शर्मा , पत्रकार साेनि खनिया , उज्ज्वल पाैडेल , प्रकाशचन्द्र भट्टराई लगायतले इन्सेककाे भुमिका र महत्त्वकाे बारेमा बाेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी