
बिकास खनाल :
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन्।

साेमबार तनहुँकाे डुम्रेमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बाेल्दै अध्यक्ष दाहालले तनहुँ क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेललाइ अत्याधिक मत दिएर जिताउन अाग्रह गरे । पाैडेललाइ धेरै भाेट दिएर पठाउनुभयाे भने प्रधानमन्त्री हुने सम्भावना छ दाहालले भने ।
उनलेे फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरे । म पारिपट्टि गाेर्खामा निर्वाचन लडेको , काङ्ग्रेस बरिस्ठ नेता रामचन्द्र पाैडेल वारि अर्थात जाेडिएकाे जिल्ला तनहुँबाट निर्वाचन लडेका छाैँ , यहाँबाट अत्याधिक मतले रामचन्द्र पाैडेल लगायतका गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ अध्यक्ष प्रचण्डले भने ।
निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमत संग्रहको रूपमा अर्थ्याउँदै उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वाससमेत व्यक्त गरे।
प्रतिगामी र अवसरवादी तत्वहरूले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने प्रचण्डको भनाइ थियो।
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिरसमेत गरे। उनले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलबीच गठबन्धन गर्नुपरेको पनि पटक–पटक दोहोर्याए।
अध्यक्ष दाहालले भने, ‘मंसिर ४ गतेको प्रदेश र संघको निर्वाचनमा हामीले फेरि प्रतिगमनले टाउको उठाउन नसक्ने गरी नेपाली जनताले एकता प्रदर्शन गर्नुपर्नेछ। देशभरिका जनताले गठबन्धनको नेतृत्व अन्तर्गत गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न प्रतिगामी र अवसरवादी तत्वहरू पूरै पराजित हुनेछन्। स्थिरता र विकासको एउटा नयाँ मार्ग खुल्नेछ। ’ कार्यक्रममा गठबन्धनका उम्मेदवार एवम् नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेलले बताए ।
कार्यक्रममा माअाेबादि नेता नारायणकाजि श्रेष्ठ , काङ्ग्रेस नेता गाेबिन्द भट्टराई , गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेल , प्रदेश उम्मेदवार हरिबहादुर चुमान , असाेक कुमार श्रेष्ठ , चिनु पाेख्रेल , श्याम माैरति लगायतका नेताहरूले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले बिजय गराउन हाब्हान गरे ।