
दमौली : तनहुँ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय तनहुँलाई ज्ञापन पत्र बुझाएको छ । व्यवसायीक क्षेत्रमा देखिएको आर्थिक अन्यौलता र बैंक तथा वित्तीय समस्या सम्बनधमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने उद्धेश्यले ज्ञापन पत्र बुझाइएको संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताए ।

ज्ञापन पत्र ग्रहण गर्दै विश्वप्रकाश अर्यालले व्यवसायीहरुले उठाएको सवाललाई यथासक्य छिटो नेपाल सरकारलाई अवगत गराई आवस्यक प्रक्रिया अगाढी बढाउने बताए । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संघका निवर्तामा अध्यक्ष पूर्व अध्यक्ष,दमौली बजार ईकाईका सभापती,महिला उद्यमी संघ नेपाल तनहुँ, विभिन्न संघ संस्था र व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।