
भिमाद : आगो ताप्ने क्रममा भिमादमा एक बालकको पोलेर मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ का ९ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।
बालकको बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा, आगोमा परि शरिरको विभिन्न भाग जलेको थियो उनलाई परिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए । उपचारकै क्रममा गए राती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।