खुट्टा ढोगेर आशिर्वाद लिदै लौरो चिन्हका उम्मेदवार : विष्णु पराजुली

  • ख-
  • ख+

देव गजमेर दमौली : प्रतिनिधि सभा सदस्य तनहुँ क्षेत्र नम्बर २ का लौरो अभियान अन्र्तगत , लौरो अभियानका उम्मेदवार विष्णु पराजुलीले मतदाताहरुलाई आफ्नो पक्षमा पार्न सफल उम्मेदवारका रूपमा चिनिन थालेका छन् ।

घर दैलो कार्यक्रममा लौरो चिन्ह लिई मतदाताहरु सामु पुगेका पराजुलीले क्षेत्र नम्बर २ का जनताको मन जित्दै गएको उनी निकट स्रोतले बताएका छन् । उनले मत माग्न जादा बृद्धा बा–आमाको खुट्टामा नै ढोगी दिने र आफुलाई आशिबार्द दिनु भन्ने गरेको पाईन्छ । तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य लौरो अभियान मार्फत लौरो उम्मेदवारबाट, लौरो चिन्ह लिई जनता सामु गएका पराजुलीले यस पटकको चुनावमा आफुलाई साथ दिने र यो साथको सदुपयोग आफुले गर्ने बताएका छन् ।

लामो समय देखि व्यवसायी क्षेत्रमा लागेका उनी एक सफल व्यवसायी पनि हुन । विशेष गरी बृद्ध, बृद्धालाई माया गर्ने पराजुली लौरो नै उहाँहरुको सहारा हो र त्यही लौरो चिन्ह लिई उनीहरु सामु आएका हुन् । जनजाति र दलित वस्तीहरुले परिचित रिसिङ, घिरिङ लगायतका ग्रामीण क्षेत्रका जनताले लौरो चिन्हका उम्मेदवार पराजुली लाई नै मत दिने बलियो आधार देखिएको छ ।

केही दिन अगाडि घर दैलो कार्यक्रममा १०३ बर्षकी बुडी आमाको र म्याग्दे गाउँपालिका वडा नम्बर ४ ध्यानथोक निवासी ८० वर्षिय मन बहादुर नेपाली र भिमाद ६ क्याम्पस रोड निवासी ७८ वर्षिय पठन माया सुनारलाई खुट्टामा ढोगेर मत माग्नुका साथै खुट्टा ढोगेर आशिर्वाद लिएका थिए । त्यति मात्र नभई मगर समुदायका लागि मगर भाषामा पनि उनले आफुलाई भोट दिई जिताई सहयोग गरिदिन आग्रह गरेका छन् । यस्तो कार्य कमै उम्मेदवारले गरेको पाईन्छ । उनी दलितलाई पनि माया गर्ने उम्मेदवार हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी