
दमौली : रोटरी क्लव दमौलीको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर दमौलीको हेलपोष्टचौरमा आज बाट सुरु भएको छ ।
स्वदेशी र विदेशी चिकित्सकहरुद्धारा कार्तिक १५ र १६ गते विभिन्न रोगको परिक्षण र उपचार गरिने भएको छ । यो सेवा बाट सर्वसाधारण लाभान्वित हुने भएका छन्

विशेष सहयोगीमा गण्डकी प्रदेश,व्यास नगरपालिका,म्याग्दे गाउपालिका र शुक्लागण्डकी नगरपालिका रहेका छन् । त्यस्तै निःशुल्क बृहत स्वास्थ्य शिविरको लागि स्वंयसेविका को सहयोग ईनरह्लि क्लव, रोटर्याक क्लव, रोटर्याक क्लव बेदव्यास, रोटर्याक क्लव भानु र रोटर्याक क्लव भिमाद रहेका छन् ।
स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै आयोजित शिविरमा स्वास्थ्य सेवाका लागि स्थानीय घण्टौं लाग्ने बाटो बाट पनि शिविर स्थल आइपुगेका छन् ।