एकीकृत समाजवादीका नेता श्रेष्ठ ले एमालेलाई सहयोग गर्ने, प्रदेश सभाको उम्मेदवार फिर्ता

  • ख-
  • ख+

दमौली : नेकपा एकीकृत समाजवादीका सचिव एवं तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार दुर्गाकुमार श्रेष्ठले नेकपा एमालेलाई मसिर ४ मा हुने संघ र प्रदेशको चुनावमा सहयोग गर्ने जनाएका छन् ।

आफ्नो उम्मेदवार फिर्ता लिएको भन्दै अव आफुले एमाले का उम्मेदवारलाई सहयोग गर्ने विज्ञप्ति मार्फत उल्लेख गरेका हुन् । उनले विज्ञप्ति मा भनेका छन् प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेका अर्का उम्मेदवार श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताएका छन् ।

तनहुँ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा समेत गरी ६ वटा निर्वाचन क्षेत्र रहेकोमा गठबन्धन द्धारा एकिकृत समाजवादी लाई १ सिट पनि नदिएको भन्दै आफ्नो पार्टीले विद्रोह स्वरुप पार्टीको तर्फबाट तनहुँ जिल्लामा ४ वटा प्रदेश सभा मा उम्मेदवार दिएको जनाएका छन् ।

उम्मेदवारी फिर्ता लिनको लागि पार्टीले गरेको आग्रह लाई वेवास्ता गरेको बताउँदै उनले विज्ञप्तिमा लेखेका छन्, कम्युनिष्ट विचार र मान्यताबाट अघि बढिरहेको सचेत कार्यकर्तालाई कांग्रेसको पिछलगु भइ हिँड्नु पर्ने कुनै कारण नभएको,गठबन्धन का नाम मा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने दिशा तिर भन्दा योग्य कम्युनिष्ट पार्टीका उम्मेद्वारहरु लाई सहयोग पुर्याउनु पर्छ भन्ने मान्यता का साथ आफ्नो उम्मेदवारी निष्कृय रहेको विज्ञप्ति मा जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्