
दमौलीः व्यास नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको छ । व्यास १२ निवासी ५० वर्षका र ठेगाना नखुलेका ५१ वर्षका अर्का पुरुषमा संक्रमण भेटिएको छ ।
व्यास १२ का पुरुष कृषि सामग्री कम्पनीका कर्मचारी र अर्का पुरुष स्थानीय शिक्षक भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।