
भिमाद: साईकल सिटि भैरहवा देखि आएका १५ जना साईकलयात्रीहरूको टोलीलाई सुन्दर टोल बिकास सस्था भिमादले एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ । साईकलमा यात्रा गर्ने क्रममा भिमाद आइपुगेको टोलीलाई सुन्दर टोल बिकास सस्था भिमादले स्वागत गरेको हो ।

साईकलयात्री टोलीलाई सुन्दर टोल विकास सस्थाका अध्यक्ष सालिकराम सुनारले स्वागत गरेका थिए । उक्त साईकल यात्राले देशको पर्यटन प्रबर्द्धन गर्नमा सहयोग पुग्नुका साथै भातृत्व विकासमा योगदान पुग्ने अपेक्षा ब्यक्त गर्दै अभियानको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
भिमाद नगरपालिकाका नगर प्रमुुुख दधिराज सुुवेदीको प्रमुुुख आतिथ्यतामा गरिएको कार्यक्रममा अभियानकर्ता लाई स्वागत गर्दै नगर प्रमुख सुवेदीले साईकल यात्राले मानविय स्वास्थ्यका हिसावले मात्र नभई सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने बताएका थिए ।

युवा नेता एल. बि गोतामे,नारायण कैलाश सिग्देल, नेकपा एमालेका जिल्ला सदस्य कृष्ण देव शाक्य, नगर उधोग हस्त बहादुर खड्का, नेका युवा नेता मिलन आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए । नगर प्रमुखद्वारा साईकल यात्रीहरुलाई र नवौं राष्ट्रिय खेलकुद बाट ३ स्वार्ड पदक हासिल गर्ने गंगा कुवारलाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रम झक सारुले सन्चालन गरेका थिए ।