क्याम्पसको शैक्षिकस्तर उकासिनेमा आदिकवि विश्वस्त

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पसमा नवनियुक्त पदमा पदस्थापन गरिएको छ ।
क्याम्पसको पुस्तकालय हलमा आयोजित एक कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष व्रम्हादत्त तिमल्सेनाले नववियुक्त सहायक क्याम्पस प्रमुख कल्पना लम्साल तथा आन्तरिक गुण्स्तर सुनिश्चितता समितिका संयोजक आत्मराम वास्तोलालाइ खादा तथा अविरले स्वागत गर्दै नियुक्ति पत्र हस्तान्तरण गरि पदस्थापन गराए ।

अवसरमा अध्यक्ष तिमल्सेनाले नवनियुक्तद्वयलाइ वधाइ दिदै नियुक्तले शैक्षिक गुणस्तर माथि उकास्न थप योगदान दिनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र वस्नेत, उपाध्यक्ष वुद्धिमान श्रेष्ठ, सदस्य केशबहादुर सुनार, कृष्णराज घिमिरे र प्राध्यापक अभिभावक प्राध्यापक संघका अध्यक्ष सृजना तिवारीले पनि बधाई दिएका थिए ।

क्याम्पस प्रमुख महाप्रसाद हडखलेले गरेको कार्यक्रममा सहायक क्याम्पस प्रमुख लम्साल र आएक्यूएसी संयोजक वास्तोलाले तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाए ।
सोहि अवसरमा सहायक क्याम्पस प्रमुख पदमा १ कार्यकाल सेवा गरि बिदा लिएका सदाखर तिमिल्सिनालाइ अध्यक्ष व्रम्हादत्त तिमल्सेनाले धन्यवादपत्र हस्तान्तरण गर्दै लगनशिल, कर्तव्यनिष्ठ र इमान्दार रहि कार्यसम्पादन गरेको भन्दै आभार प्रकट गरे । सो अवसरमा पव्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइका अध्यक्ष विजयराज खनालले वधाइ ज्ञापन गरे ।

अनलाइन कक्षा तालिम सम्पन्न
आदिकवि भानुभक्त क्याम्पसमा अनलाइन कक्षा सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कक्षा ११÷१२ का कार्यक्रम संयोजक चिरन्जिवि वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यकममा कक्षा ११ मा नयाँ भर्ना भएका विज्ञान विषयमा अध्यनरत ७० जना विद्यार्थिहरुको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुलाइ क्याम्पसका आइसिटि विषय समितिका संयोजक इन्जिनियर सुलभ कुमार श्रेष्ठले अनलाइन शिक्षण सिकाइका वारेमा प्रशिक्षण दिएका थिए ।


क्याम्पसले एमएड, एमविएस र विविएका अनलाइन कक्षाहरु संचालन गर्दे आइरहेको छ । क्याम्पसले एमएड, एमविएस र विविएका अनलाइन कक्षाहरु संचालन गर्दे आइरहेको छ ।
क्याम्पसमा कक्षा ११ मा विज्ञान, पत्रकारिता, कानुन, गणित, कम्प्युटर विज्ञान र अंग्रेजी, लेखा, शिक्षा आदि समुहका विषयहरुमा ३५० जना विद्यार्थिहरु भर्ना भइसकेका छन । क्याम्पसले भर्ना असोज मसान्त सम्म जारिरहने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी