कांग्रेसको निर्वाचन परिचालन समितिमा तनहुँका भट्टराई र वाग्ले

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र ध्रुव वाग्ले पार्टीले गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा परेका छन् ।


पार्टी नेता गोपालमान श्रेष्ठ संयोजकत्वको समितिमा पार्टीका अन्य केन्द्रीय सदस्य तथा सुभेच्छुक संस्था प्रमुखसँगै नेता भट्टराई र वाग्ले सदस्य चयन भएका हुन् ।


पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गरेको केन्द्रीय कार्यालयको विज्ञप्तिमा छ ।

समितिले देशैभर पार्टीका तर्फबाट प्रदेश तथा संघको निर्वाचन परिचालनको अभियान अघि बढाउनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्