फैलँदै डेंगु, भरिंदै अस्पताल

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
तनहुँमा केही दिन यता डेङ्गु प्रकोपका बिरामीको संख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म १०० जना भन्दा बढीमा डेंगु पोजेटिभ देखिएको छ ।


४५० जनाको स्वास्थ्य परीक्षण गरिएकोमा एक सय भन्दा बढीमा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
बिरामी बढ्दै गएपछि अस्पतालमा शय्याको अभाव हुन थालेको छ भने जाँच्ने कीट समेत सकिएर बिरामी जाँच्नै रोकिएको छ । दिनमै १२ देखि १५ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यलयले जनाएको छ । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सय देखि एक सय पचास जनासम्म ज्वरोका हुने गरेका छन् ।


डेंगु हुँदा मानिसमा उच्च ज्वरो आएका,ज्यान दुख्ने र बान्ता गर्ने लगायतका लक्षण देखिन्छ । १५ क्षमताको अस्पतालमा ४० शैय्यासम्म राखेर सेवा दिदा पनि अपुग भएको दमौली अस्पतालका डाक्टर दिवस ढकालले बताए ।


डेंगुबाट बच्नका लागि टोल टोलमा गएर अझै मानिसहरुमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ । ज्वरो आएमा सिटामल प्रयोग गर्ने,झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रमा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव दिने गरिएको अस्पतालका डाक्टर ढकालले बताए ।


उनका अनुसार आफ्नो घर वरिपरि सफा राख्ने,लामखुट्टे न्यूनिकरण गर्ने,सुत्दा झुलको प्रयोग गर्ने,पानी जम्न नदिने लगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी