पौडेल सत्तागठबन्धनको चुनावी कमाण्डर

  • ख-
  • ख+

दमौलीः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सत्तागठबन्धनको चुनावी कमाण्डर चयन भएका छन् ।

अब पौडेलकै नेतृत्वमा देशैभर केन्द्रीय तहबाट गठबन्धनका चुनावी परिचालनका काम हुनेछन् ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी, प्रदेश र जिल्लास्तरमा पनि गठबन्धनले निर्वाचन समन्वय समिति गठन गर्नेछ ।


कात्र्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा गठबन्धनले चुनावी भेला गर्नेछ ।


पौडेल तनहुँ १ मा कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्