
दमौली: नेपाली कांग्रेस तनहुँको आमन्त्रित जिल्ला सदस्यमा युवा नेता रबिन पौडेल मनोनित भएका छन् ।
पार्टी जिल्ला सभापति जितप्रकाश आलेले बिहीबार पार्टी क्षेत्रीय क्षेत्रीय प्रतिनिधि समेत रहेका उनलाई सो पदमा मनोनयन गरेको पार्टी सचिव लक्षमीभक्त खनालले बताए ।
उनका अनुसार कार्य समिति बैठकले सो प्रस्ताव अनुमोदन गरेको छ ।
यस अघि व्यास ३ को वडा सदस्य निर्वाचित उनी व्यास ३ को वडा अध्यक्षका दावेदार थिए ।
