दुवै गठबन्धनमा बेमेल,चुनाव जित्ने पौडेलको दावी, पूर्व कांग्र्ेसकै चुनौती

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्र्तगत आइतबारको उम्मेदवारी मनोनयनले केन्द्रमा बनेका दुवै गठबन्धनको बेमेल सतहमा ल्याएको छ । गठबन्धनको बलमा हौसिएको कांग्रेसलाई आफ्नै पूर्व सहयात्रीहरुले भने उम्मेदवारी दिएर चुनौती दिएका छन् । तर, पहिले गठबन्धनकै आधारमा विजयी बनेको एमालेले बनाएको गठबन्धन पनि तनहुँमा काम गर्ने अवस्थामा नपुग्दा कांग्रेसकै असन्तुष्टिकै आधारमा चुनावी हारजितको हिसाब बोकेर एमाले मैदानमा उत्रिएको छ ।

तनहुँ क्षेत्र नँ १ को प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दर्ताका क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा आफु बिजयी हुने बताए । केही मानिसले गठबन्धनको बिरोध गरेको तर यसको आवश्यकता र महत्त्व देश र जनताको लागि अत्यन्तै ठुलो रहेको पौडेलले बताए ।


नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच गगठबन्धन भएपछि मात्रै जिल्लाको विकासका लागि रु.दुई अरब बजेट ल्याएर काम गरिरहेको उनले बताए । जिल्लामा खानेपानी,सडक,बिद्युत लगायतका भौतिक विकासमा आफुले सत्तामा रहँदा या नरहदाँ पनि विकास गरेको हुँदा त्यसको मुल्याङकन जिल्लाबासीले गर्ने उनले बताए ।
देशको विकास र उन्नतिको बाटोमा लैजानको लागि आफ्नो उम्मेदवारी रहेको हुँदा आफ्ना कमिकमजोरी सच्चाउँदै जनताको मन जितेर अघि बढ्ने पौडेलको प्रतिबद्वता थियोे ।

मनोनयन दर्तामा
गठबन्धन बाट क्षेत्र नं १ (क) मा काँग्रेसका अशोक कुमार श्रेष्ठ,ख मा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी तनहुँ क्षेत्र नं २ को प्रतिनिधी सभासदस्यमा पूर्वमन्त्री शंकर भण्डारी,प्रदेश (क) मा नेकपा माओवादीका राजेन्द्रकेशरी न्यौपाने र (ख) मा नेपाली काँग्रेसका जीत प्रकाश आलेले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै नेकपा एमालेबाट तनहुँ क्षेत्र नं १ मा एकबहादुर राना , प्रदेश क मा रामबहादुर गुरूङ , ख मा पुर्णबहादुर गुरूङ तथा क्षेत्र नं २ मा किरण गुरूङ , प्रदेश क मा श्यामराजा महत , प्रदेश ख मा केदार सिग्देलले उमेदवारि दर्ता गराएका छन् ।

यस्तै तनहुँ क्षेत्र नं १ मा काङ्ग्रेस पुर्व सहमहामन्त्री गोविन्दराज जोशी , पुर्व जिल्ला सचिव बिश्व बास्तोला , पृथ्वीनारायण श्रेष्ठ , राप्रपाका बिनोद घर्ती तथा क्षेत्र नं २ मा स्वतन्त्र बाट बिस्णु पराजुलीले उमेदवारि दर्ता गराएका छन् । यता नेकपा समाजवादी ले तनहुँमा भाग नपाएको भन्दै चार वटै प्रदेशमा उमेदवारि दर्ता गराएका छन् । काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले भने पार्टीका आधिकारिक उमेदवार रामचन्द्र पौडेलको बिरूद्धमा उमेदवारी दिने भनेपनि अन्तिम अवस्थामा दर्ता नगरी फर्किएका थिए ।
गठबन्धनको बगावत
कांग्रेस गठबन्धनमा रहेको नेकपा एस्ले चारवटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । तनहुँ १(१) मा नेता विद्यानाथ ढकाल, १(२) मा कलिला खान, २(१) तथा २ बाट प्रतापलाल श्रेष्ठसहितका उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
एमाले गठबन्धनमा राष्ट्रिय रुपमा आवद्ध भए पनि तनहुँमा राप्रपा र राप्रपा नेपाल अनि जसपा तीनवटै दलले बेग्ला बेग्लै उम्मेदवारी दिएका छन् ।
कांग्रेसलाई पूर्वबाट डर
कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, पूर्व सचिव विश्व बाँस्तोला क्षेत्र नम्बर १ तथा प्रदेश क्षेत्र २(२) मा उम्मेदवारी दिएका पूर्व महासमिति सदस्य पूर्ण गुरुंगका कारण कांग्रेस आफ्नो मत अन्त जानेमा सशंकित छ ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि उम्मेदवारी दिने तयारी गरे पनि उनलाइै रोक्न सफल भएकाले भने वरिष्ठ नेता पौडेलले केही राहत महसुस गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी