एमाले प्रवेशको चर्चाकाबीच ‘नातावाद हावी’ भन्दै पूर्ण गुरुङले कांग्रेस छाडे

  • ख-
  • ख+

दमौलीः एमाले प्रवेशको चर्चाकाबीच कांग्रेस महाधिवेशन प्रतिनिधि पूर्णबहादुर गुरुङले कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस राख्दै उनले पार्टीमा ‘चाकरी, चाप्लुसी, फरियावाद, नातावाद, कृपावाद ढोके, चम्चेको विरासत कै कारण पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिएको’ घोषणा गरे ।


कांग्रेसले समानुपातिकतर्फको नामको टुंगो लगाएको भोलिपल्ट उनले आजदेखी नेपाली कांग्रेसको राजनीतिबाट टाढा रहेको र साधारण सदस्य समेतबाट राजिनामा गरेको घोषणा गरे ।


गुरुङ तनहुँ क्षेत्र १ मा एमालेबाट उम्मेदवार बन्ने चर्चा छ । उनले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए । कांग्रेसबाट समानुपातिक वा प्रत्यक्षतर्फ टिकट आशा गरेका उनले त्यसमा सम्भावना नदेखेपछि पार्टी परित्यागको नीति लिएको निकटस्थ बताउँछन् ।

उनी सोमबार आयोजित एक कार्यक्रमकाबीच एमाले प्रवेश गरे ।
पार्टी अध्यक्ष केपी ओलीसँगै नेता प्रदीप ज्ञवाली, निवर्तमान सांसद केदार सिग्देललगायतको उपस्थितीमा उनी एमाले प्रवेश गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्