आफूलाई कुट्नेमाथि कारबाही नभएको भन्दै जोशीद्वारा प्रशासनसँग शुरक्षा माग

  • ख-
  • ख+

दमौली : गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनको समयमा व्यास नगरपालिकाकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई कुटपिट गर्नेको अझै कारबाही भएको छैन । घटनालाई लिएर नेता जोशीले प्रमुख जिल्ला अधिकारी समक्ष शान्ति सुरक्षा कायम राख्नको लागि निवेदन दिएका छन् ।


निवेदनमा मतदानका दिन व्यास नगरपालिका–८ स्थित साविक रिस्ती गाविस भवन फेदीमा रहेको मतदान केन्द्रमा अनुगमनमा पुग्दा त्यहाँ रहेको उच्छ्रिङ्खल तत्वले ममाथि संघातिक आक्रमण गरी घाइते तुल्याएको जनाईएको छ । घाईते भएपछि दमौली अस्पतालमा उपचारका लागि आउँदा त्यहाँ उपचार हुन नसकी पोखरा रिफर भएपछि फिस्टेलमा उपचारमा पठाएको र त्यहाँ पनि उपचार हुन नसकी काठमाण्डौ रिफर भै फ्रन्टलाइन हस्पिटलमा प्रारम्भिक उपचार गरेपछि त्यहाँबाट पनि थप उपचारका लागि भारतको न्यूदिल्ली गुरगाउँ स्थित मेदान्त हस्पिटलमा रिफर भई उपचार गरिएको जनाईएको छ ।


‘सो घटनाका सम्बन्धमा मैले जिल्ला प्रहरी कार्यालय दमौलीमा जाहेरी दिएकोमा हालसम्म कुनै सुनुवाई भएको छैन कारवाही अगाडि बढेको छैन’’ भनि निवेदनमा जनाईएको छ । सो घटनामा गोली हान्ने आदेश थियो भनेर नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सार्वजनिक मिडियामा बोलेबाट म र मेरो परिवार माथि ती व्यक्ति तथा समूहबाट निरन्तर खतरा रहेको कुरा विगत घटनाबाट सार्वजनिक भएको तथ्य हो भनि निवेदनमा जनाईएको छ ।


‘हाल पुनः संघ तथा प्रदेशको निर्वाचन २०७९ मंसिर ४ गतेलाइ तोकिएको अवस्था छ । यो निर्वाचनमा म र मेरो परिवारबाट चुनाव प्रसार प्रसार र मतदान केन्द्र अनुगमनका लागि जानु पर्ने अवस्था भएकोले शान्ति र सुरक्षाको माग लिखित रुपमै प्रमुख जिल्ला अधिकारी समक्ष राखिएको हो ।’ ‘नेपाली काँग्रेसका उच्च तहका नेताले गोली हान्ने आदेश थियो भनेर अपराधिक गतिविधिलाइ संरक्षण गरिरहेको अवस्थामा म र मेरो परिवारका लागि यस संसदीय निर्वाचनमा उच्च जोखिम र डर त्रास भय र धम्कीको अवस्था छ’ भनि निवेदनमा जनाईएको छ ।

निर्वाचन आचार संहिता २०७९ को दफा १३ (फ) को व्यवस्था विपरित यो ससदीय निर्वाचनमा पनि पुनः स्थानीय तह निर्वाचनको समयमा घटेको गतिविधि दोहोरिन सक्ने अवस्था विद्यमान रहेको हुँदा परिवारको सदस्यको जीउ धनको सुरक्षाा गरी चुनाव प्रचार प्रसार र मतदान केन्द्रको अनुगमन तथा मतदानको भय रिहत शान्तिपूर्ण वातावरणा निमार्ण गरी पाउँ प्रमुख जिल्ला अधिधकारीलाई बुझाईएको पत्रमा उल्लेख गरिएको छ ।

निवेदनको बोधार्थ राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन पुल्चोक काठमाण्डौ, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखरा, हेल्लो सरकार सिंहदरबार काठमाण्डौ, निर्वाचन आयोग कान्तिपथ काठमाण्डौलाई दिईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी