
दमौलीः व्यास ८ का जन प्रतिनिधिले वडाका २० एकल महिलालाई निजी श्रोतबाट दशैं खर्च उपलब्ध गराएका छन् ।
वडाका एकल महिलामध्ये विपन्न अवस्थाका ती महिलालाई पारिश्रमिकबाट चाडबाड मनाउन सहयोग गरेको वडाध्यक्ष युवराज गुरुङले बताए । ‘निर्वाचित भएलगत्तै आर्थिक अवस्था कमजोर भएका एकल महिलालाई चाड प्याकेज गर्छु भनेको थिएँ,’ उनले भने, ‘अरु प्रतिनिधि पनि थपिनुभयो ।’
उनीसँगै महिला सदस्य विष्णुमाया राना र दलित महिला सदस्य शकुन्तला ठाडाराईसमेतले सहयोग गरेको उनले बताए ।
वडामा पहिलेभन्दा फरक ढंगले नतिजा दिने गरी काम गर्ने अध्यक्ष गुरुङले प्रतिवद्धता जनाए ।