ब्यास २ काे शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


दमौली : बिजया दशमी , शुभ दिपावली , तथा छठ पर्वकाे अवसरमा ब्यास नगरपालिका वडा नं २ ले शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ब्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठकाे अध्यक्षतामा भएको शुभकामना अादानप्रदान कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने , उपप्रमुख इन्दिरा दरै , वडा सदस्य शुरेस वाग्ले , बाल क्लवकि अध्यक्ष साजना कार्की , वडा सचिव पम्फा बस्नेत , वडा समन्वय महिला सभापति इन्दिरा पण्डित , १७ वटै टाेलका अध्यक्ष लगायतले शुभकामना अादानप्रदान गरेका थिए । कार्यक्रममा शुभकामना दिँदै प्रमुख न्याैपानेले प्रत्येक टाेलटाेलमा बिकास पुगेको बताए । काङ्ग्रेसले नेतृत्व गरेको पालिका तथा अन्य ठाउँहरूमा बिकासले फड्को मारेको भन्दै उनलेे तनहुँसुर जाने बाटो , मानुङ जाने बाटो पिच हुनु,बुद्ध सिंह मार्ग लगायतका अन्य बाटोकाे स्तराेन्नति तथा बजेट वृद्धि हुनु , खानेपानी लगायतका क्षेत्रमा काम हुनु यसको ज्वलन्त उदाहरण भएको बताए । कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले अाँफुहरूले ईमानदारीपुर्वक काम गरेको हुँदा सकारात्मक तरिकाले हेर्न सबैमा अाग्रह गरेिन् । हामी तपाईं हरूकै भाेट बाट जितेको भन्दै उनलेे सबैलाई समेट्ने गरि बिकास निर्माणका काम गर्ने बताइन् । कार्यक्रमकाे अध्यक्षता गरेका वडा अध्यक्ष काशीराम श्रेष्ठले याेजना सम्पन्न भएर रकम भुक्तानीकाे लागि जाँदा नगरपालिकामा कर्मचारीले दुख दिने गरेको गुनासो टाेल टाेल बाट अाएकाेले त्यसतर्फ ध्यानाकर्षण भएको बताए । अाँफु दाेस्राे पटक वडा अध्यक्ष भएको भन्दै श्रेष्ठले जुनसुकै मूल्य चुकाएर भए पनि वडाबासिकाे चाहना अनुसार बिकासका काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी