
दमौलीः प्रथम रोटर्याक्ट कप फुटबल प्रतियोगिता असोज १२ र १३ गते हुने भएको छ । दमौलीको खेलमैदानमा हुने प्रतियोगितामा ११ टिमको सहभागीता रहने खेल संयोजक उमेश पौडेलले बताए ।
प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमलाई क्रमशः बोका र टर्की पुरस्कार राखिएको मंगलबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।
दसैं तिहारको अबससरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबलमा टिम नेपो र लियो क्लब अफ म्याग्दे, रोटरी दमौली र पत्रकार, लियो क्लव तनहुँ र म्यानेजर टिम, लायन्स क्लब तनहुँ भानुभक्त र जेसिआइ व्यासनगर, एलायन्स क्लब अफ दमौली र रोट्र्याक्ट क्लब दमौलीबीच हुनेछ भने डाक्टर टिम बाइ परेको क्लबका पूर्व अध्यक्ष मनोज राउतले बताए ।
पत्रकार सम्मेलनमा पत्रकार मदन वाग्ले तथा रोट्र्याक्टका किरण श्रेष्ठ लगायतले मैत्रीपूर्ण खेलको बारेमा प्रकाश पारेका थिए । प्रतियोगिता बिहान ७ .३० बजेवाट हुने भएको छ ।