दिनभरको कोरोना अपडेटः व्यासमा ३ सहित ९ संक्रमित (विस्तृत विवरणसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँमा मंगलबार नौजनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लाका चार तहमा संक्रमण भेटिंदा व्यासमा निरन्तर संक्रमित थपिइरहेका छन् । मंगलबार दिनभरको कोरोना संक्रमणको अवस्था यस्तो रह्यो ।


व्यास नगरपालिकामा अस्पतालका चालकसहित ३ संक्रमित
व्यास नगरपालिकामा दुई पुरुष र एक महिलामा संक्रमण भेटियो । संक्रमित एक पुरुष व्यास ३ स्थित दमौली अस्पतालका चालक छन् । ७० वर्षिया महिला व्यास २ की हुन् । उनी चितवनबाट उपचारपश्चात फर्कंदा पोजिटिभ भेटिएकी हुन् ।

अर्की एक संक्रमित व्यास १ निवासी ३० वर्षिया महिला पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्वरोको उपचारका क्रममा संक्रमित भेटिएकी हुन् ।


भीमाद नगरपालिका एउटै वडाका: ४ जना
भीमादको ६ नम्बर वडाका चार जना पुरुषमा एकसाथ संक्रमण भेटिएको छ । केही दिन अघि एक व्यक्तिमा संक्रमण देखिएपछि बजार बन्द गरेर गरिएको परीक्षणका क्रममा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुमा संक्रमण भेटिएको हो ।

घिरिङ र देवघाट १।१ जना
घिरिङ गाउँपालिकाका एक व्यक्तिमा संक्रमण देखिएको छ । घिरिङ ४ का उनी २० वर्षका हुन् । यसैगरी चितवन मेडिकल कलेजमा उपचारका लागि गएका देवघाट ५ की ३८ वर्षिया महिलामा संक्रमण भेटिएको हो । उनी त्यहाँकै आइसोलेसनमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्