सुनचाँदी संघको सम्मान तथा शुभकामना कार्यक्रम

  • ख-
  • ख+

दमौली : विजया दशमी तथा शुभ दिपावलीको अवसरमा तनहुँ सुनचाँदी व्यवसायी संघले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

तनहुँ सुनचाँदी व्यवसायी संघको आयोजनामा सो कार्यक्रम गरिएको थियो । कार्यक्रमको समुद्घाटन, प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे वि.कले गरेका थिए । शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वि.कले भने केहि समस्यहरु छन्, केहि जतिल्ताहरु छन् त्यस्ता समस्या जटिल्ताका लागि राज्यको तर्फबाट गर्नु पर्ने जिम्मेवारी भुमिकाहरु थुप्रै रहेका छन् ।

हामी व्यवसायीहरुले निर्वाह गर्नु पर्ने भुमिका पनि रहेको मन्त्री वि.कको भनाई थियो । यो समस्यकाको समाधानको निम्ती राज्यको तर्फबाट पनि गम्भिर भएर लाग्नु पर्ने बताउदै, विशेष गरि शान्ती सुरक्षा कायम गर्नको लागी प्रदेश सरकारको प्रतिवद्धतामा कुनै दुविधा नहुने कुरा पनि मन्त्री विकले बताएका थिए ।

त्यस्तै गरी नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमा अध्यक्ष मोहन कुमार वि.कले भनेका थिए सुन आपुर्ति हो आज मात्र होईन २०६८ सालमा ओझियल अन्तर्गत यो कोटा सिस्टम व्यवसायीको लागि अत्यन्तै घातक हो । उनका अनुसार सरकारले यो कोटा सिस्टमको व्यवस्थापन गर्नु हुन्न त्यो बेला नेपाल सरकारले ६ महिनाको लागि मात्र यो कोटा सिस्टम रहने बताएको कुरा व्यवसायी माझा राखेका थिए । त्यसै गरी जिल्ला प्रमुख अधिकारी विश्वप्रकाश अर्यालले व्यवसायीहरुको लागि आफ्नो सहयोग रहेको हुदा व्यवसायीहरुले पनि आफुलाई सहयोग गरि दिनुको लागि अनुरोग गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्र बाबुरेग्मीले व्यवसायी शान्ति सुरक्षाको लागी आफु यो जिल्लामा रहदा सम्म आफ्नो पुर्ण सहयोग रहने बताएका थिए । शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा, सल्लाहकार डिल्लीराम सुनार,दलित पत्रकार संघ तनहुँका अध्यक्ष साने बहादुर नेपाली,पुर्व अध्यक्ष बाबुराम सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्यद्धाय तेज बहादुर वि.क. कृष्ण सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघ, गण्डकी प्रदेशका सह–कोषाध्यक्ष पुर्ण बहादुर वि.क, लगाएतले शुभकामना दिदै आ–आफ्नो भनाई राखेका थिए ।

तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्री विनोद कुमार वि.कको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्वागत संघका उपाध्यक्ष हरि गहतराजको थियो त्यसै गरि समापन रोहित वि.कले गरेका थिए भने सचिव पदम बहादुर सुनारले सन्चालन गरेका थिए ।

सुनचाँदी व्यवसायी संघले तिन जनालाई सम्मान ।

विजया दशमी तथा दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममको आयोजनामा तिन जना प्रमुख अंगहरुलाई सम्मान गरिएको छ । अविस्मरणीय योगदानको उच्च मुल्याङ्कन गर्दै तनहुँ सुनचाँदी व्यवसायी संघद्धारा सम्मान गर्नेहरुमा आन्तरिक मामिला मन्त्री डोवाटे वि.क.,जिल्ला प्रमुख अधिकारी श्री विश्वप्रकाश अर्याल जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक श्री राजेन्द्रबाबु रेग्मीलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष विनोद कुमार वि.क.ले. जानकारी दिए ।

संघले ज्ञापन पत्र दियो ।

यसैबीच संघले आन्तरिक मामिला मन्त्री सहित दुई प्रमुख निकाय र महासंघका निवर्तमा अध्यक्षलाई ज्ञापन पत्र दिएको छ । सुनचाँदी व्यवसायहरुको समस्यका ८ शुत्रियमाग सहित ज्ञापनपत्रमा भनिएको छ सुनचाँदी व्यवसायमा रहेका विविध समस्या र चुनौतीको विषयमा संक्षिप्तमा सविनय स्मरण गराउन प्रयास गर्दछौ । व्यवसायीहरुले आवश्यकता अनुसार कच्चापदार्थ पाएका छैनन् । शान्ति सुरक्षाको व्यवस्था कमजोर छ । प्रविधिको अभाव छ । व्यवसायिक नीति नियम छैन । यि विविध समस्या र चुनौतीका विचमा पनि व्यवसायीले आम उपभोक्ताको इच्छा र चाहनालाई पुर्ति गर्दै आई रहेका छन् । तर राज्यको सुनचाँदी व्यवसायको व्यवस्थापन प्रति कुनै चासो छैन भनिएको छ ।

सुनचाँदी व्यवसायीहरु राज्यको नीति नियम अनुसार दर्ता भएका छन्, त्यही नीति नियमलाई आत्मसात गरि कारोबार गरिरहेका छन् । वार्षिक रुपमा अरबौ कर बुझाएका छन् । मानिसका आर्थिक,सामाजिक, धार्मिक–सास्कृतिक, भाषिक, क्षेत्रिय लगायतका समस्याको सहज समाधान र पहिचान दिएका छन् । भने राज्य र समाजको लागि यति ठुलो र महत्वपुर्ण योगदान गर्ने सुनचाँदी व्यवसायलाई राज्यले विलासिताका वस्तुको व्यवसाय भनेर अनुदारवादी व्यवहार गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्