एनसीसीले वडामै बाँडयो भत्ता

  • ख-
  • ख+

दमौलीः एनसीसी बैंक दमौलीले बडा दशैंको अवसरमा वडा कार्यालयमै पुगेर व्यास १३ का नागरिकलाई भत्ता वितरण गरेको छ ।


अरु बेला बैंकमै आएर भत्ता लिने ज्येष्ठ नागरिकहरू यसपटक वडामै भत्ता लिन पाउँदा खुशी भएका थिए ।
सजिलो होस भनेर वडा कार्यालयमा पुगि भत्ता वितरण गरेको बैंकका शाखा प्रमुख सुजन खनालले बताए ।

बैंकमा करिब ६ सय जना ज्येष्ठ नागरिकहरू भत्ता लिन आउने गरेका भए पनि आज वडामा २ सय ७८ जनालाई मात्रै भत्ता उपलब्ध गराउन सकिएको प्रमुख खनालले बताए ।


सामाजिक उत्तरदायित्वको भावना अनुसार दसैंको मुखैमा बैंक मै व्यस्त हुनुपर्ने समयलाई मिलाइ वडामा तिनजना स्टाफ लगि काम गरेको बैंकले जनाएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्