जनचाहना कृषि सहकारीको अध्यक्षमा पुनः सोमबहादुर

  • ख-
  • ख+

गुणादीः जनचाहना कृषि सहकारी संस्था म्याग्दे १ गुणादीको अध्यक्षमा पुनः सोमबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।
सहकारीको शनिबार गुणादीमा सम्पन्न आठौं साधारणसभा एवम् चौँथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा देवनारायण श्रेष्ठ , सचिवमा नारायण प्रसाद खनाल , कोशाध्यक्ष सरस्वती खनाल चयन भएको सचिव नारायण प्रसाद खनालले बताए ।


यस्तै समितिको सदस्यहरूमा मथुरा रानाभाट , बिना गैर्हे लामिछाने , गोविन्द खनाल , सरिता रानाभाट र सरस्वती रानाभाट रहेका छन् । यस्तै लेखा समिति संयोजकमा विकास खनाल र सदस्यमा लक्ष्मी श्रेष्ठ तथा रामबहादुर नेपाली रहेका छन् ।
ऋण उपसमितिको संयोजकमा मथुरा रानाभाट र सदस्यहरूमा कृष्णबहादुर रानाभाट र सुशीला खनाल , सल्लाहकार सदस्यमा हरिप्रसाद खनाल , ईन्द्र प्रसाद खनाल र पशुपति रानाभाट , शिक्षा समिति संयोजकमा देवनारायण श्रेष्ठ र सदस्यमा कल्पना श्रेष्ठ र सविना श्रेष्ठ रहेका छन् ।


यसअघि उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ सदस्य देवीलाल खनालले छरिएर रहेको पुँजीलाई सहकारीले एकत्रित गर्ने काम गरेको बताए । गाउँ ठाउँमा खुलेका सहकारीले मानिसको सानातिना अत्यावश्यक आबस्यकता लाई पुर्ति गर्न सहयोग पुगेको खनालको भनाइ थियो । सहकारीका अध्यक्ष सोमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्र प्रसाद खनाल , गोविन्द थापा , सन्तु थापा , योमाया प्रधान , सुजन खनाल , हरिबहादुर रानाभाट , पशुपति रानाभाट , विकास खनाल लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी