पराजुलीद्वारा तनहुँ २ मा स्वतन्त्र उमेदवारी

  • ख-
  • ख+

दमौली : मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि तनहुँ क्षेत्र नं २ बाट स्वतन्त्र उमेदवारकाे रूपमा विष्णु पराजुलीले घाेषणा गरेका छन् ।

बुधबार दमाैलीमा पत्रकार सम्मेलन मार्फत उमेदवारि घाेसणा गर्दै पराजुलीले लाैराे चुनाव चिन्ह अाफ्नाे हुने बताए । ५२ बुँदे घाेषणापत्र सार्वजनिक गर्दै उनलेे भ्रस्ट र खराब मनसाय भएका संसद लाई राेक्न अाफ्नाे उमेदवारि रहेको बताए । जिते भने बालेन्द्र शाह र हर्क साम्पाङले गरेजस्तै जनमुखी कामहरू गर्ने उनको भनाइ थियो । जनताका अाधारभुत र तत्काल दिनुपर्ने सेवा सुविधाका बारेमा बहस गर्ने , लाेकल रक्सिलाइ ब्राण्डेड गराउने , जडिबुटी खेतीलाई प्रवर्द्धन गर्ने , कृषक बाट उत्पादित सामान सिधै राज्यले किन्ने बाताबरण बनाउने , ग्रामीण बस्तीमा खानेपानी सहज गराउने , पानीको अभाव भएको ठाउँमा पुर्याउने , अस्पताल , विद्यालय सरकारी सेवा प्रदायक अफिसहरूमा अपांग मैत्री , ग्रामीण सडकको स्तराेन्नतिका लागि पहल गर्ने , प्रदेश शभा र राष्ट्रिय सभालाई खारेज गर्न पहल गर्ने , इन्टरनेटकाे सुविधा घटाउने , निजी विद्यालय भन्दा सरकारि विद्यालय लाई राम्रो र स्तरीय बनाउने , जेष्ठ नागरिक हरूलाइ घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने , खेलकुद लगायतका क्षेत्रमा पहल गर्ने , ग्रामीण हाेमस्टे हस्तकला लाई बढावा दिने , धार्मिक क्षेत्रमा बृत्तिबिकास , फाेहरमैला ब्यबस्थापन जस्ता कुराहरू लाई प्राथमिकता का साथ काम गर्ने पराजुलीले बताए ।

अाफ्नाे उमेदवारि कसैप्रति कुनै पनि बैरभाव नराखी स्वतन्त्र अभियानकाे रूपमा हुने उनको भनाइ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी