
दमौली: काँग्रेस महाधिवेशन प्रतिनिधि पूर्ण गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् ।
स्रोतका अनुसार बालकोटस्थित ओली निवासमा गुरुङ र ओलीसँगै एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको कुराकानी भएको हो ।
आसन्न चुनावमा पार्टीभित्र टिकट मागिरहेका गुरुङलाई एमालेले समेत बोलाएको बुझिएको छ । कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी एमाले समर्थनमा चुनाव लड्ने चर्चाका बीच गुरुङसँग समेत सम्वाद भएको देखिएको छ ।
एक एमाले नेताका अनुसार भेटमा एमाले प्रदेश सभा सदस्य उम्मेदवार रामबहादुर गुरुङ समेत सहभागी थिए ।
भावी टिकट वितरण र चुनावी सहकार्यबारे कुरा भएको उनले बताए ।
निर्वाचन