
दमौलीः तनहुँ १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको चुनावी अभियानका लागि ५०१ सदस्यीय समिति गठनको तयारी गरिएको छ ।
नेपाली कांग्रेस स्वतन्त्र अभियानको नाममा दमौलीमा सोमबार सम्पन्न भेलाले यस्तो निर्णय गरेको अभियानका महासचिव कमलभक्त पोख्रेलले बताए ।
अभियानमा आवद्धहरुको भेलाले सबै वडामा प्रचार समिति गठनको समेत निर्णय गरेको उनले बताए ।
पूर्वमन्त्री जोशीलाई एमालेले समेत साथ दिने चर्चा राजनीतिवृत्तमा छ । अभियानका सदस्यहरुको उपस्थिती रहेको भेलाले क्षेत्रभर चुनावी अभियान चलाउने निर्णय गरेको बताइएको छ ।