व्यास युवा कप फुटबल शुरु

  • ख-
  • ख+

दमौलीः तेस्रो व्यास युवा कप ९ ए साइड फुटबल प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका छन् । व्यास युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै न्यौपानेले दमौलीमा जतिसक्दो छिटो इलेभेन ए साइड फुटबल खेल्न मिल्ने खेलमैदान बनाउने बताए ।


क्लबका अध्यक्ष मिनबहादुर गुरूङ चरिबाबाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरू, प्रमुख प्रशासकिय अधिकृत, क्लबका पुर्व अध्यक्ष लगायतले मन्तव्य दिएका थिए ।

असोज ३ गतेदेखि १० गतेसम्म दमौलीको खेलमैदानमा हुने प्रतियोगितामा ३५ टिमको सहभागीता रहेको क्लबका सचिव मनोज राउतले बताए । प्रतियोगिताका लागि मञ्च, प्याराफिट , दर्शकदिर्घा बस्ने ठाउँ बनाइएको छ ।

प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमश १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ नगदका साथै मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक केशव रानाले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता घोषित गरि जनही ५ नगद पुरस्कार दिइने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी