शिक्षकको पुरस्कारका लागि पूर्व शिक्षकको डेढ लाखको अक्षयकोष

  • ख-
  • ख+

दमौलीः विद्यालयमा विद्यार्थीलाई पुरस्कार दिइने त धेरैले सुनेकै कुरा हो । धेरै अक्षयकोषहरु यस प्रयोजनका लागि स्थापित छन् । तर राम्रा ती विद्यार्थी उत्पादनमा अथक श्रम गर्ने शिक्षकलाई पुरस्कार दिने प्रचलन दुर्लभप्रायः छ, अझ त्यो पनि विद्यालयमा ।


तर, एक पूर्व शिक्षकले त्यो रिक्तता पूर्ति गरेका छन् । सत्यवती माविका पूर्व शिक्षक पूर्णबहादुर (पीबी) खड्काले उत्कृष्ट कार्य गर्ने शिक्षकलाई पुरस्कृत गर्ने परम्परा थाल्न सक्रियता देखाएका हुन् ।


शैक्षिकस्तरमा अग्रणी मानिएको विद्यालयमा लामो समय अंग्रेजी शिक्षण गरेर करिब दुई दशक अघि नै अवकास लिएका खड्काले सो रकमको ब्याजबाट गुणस्तरीय विद्यार्थी उत्पादनमा लगनशील शिक्षकलाई पुरस्कृत गर्ने बताएको पूर्व प्रधानाध्यापक इन्द्र पौडेलले जानकारी दिए ।


विद्यालयमा अंग्रेजी शिक्षणमा लामो योगदान दिएका व्यास २ गणेशमान चोक निवासी पूर्व गोर्खा सैनिक खड्का धेरैमाझ पीबी खड्का सरका नामले चिनिन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्