तेस्रो व्यास युवा कप फुटबल असाेज ३ देखि दमाैलीमा

  • ख-
  • ख+

दमौली: तेस्रो व्यास युवा क्लब ९ ए साइड फुटबल प्रतियोगिता असाेज ३ गतेदेखि १० गतेसम्म दमाैलीमा हुने भएको छ । दमाैलीकाे खेलमैदानमा हुने प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेको छ ।


प्रतियोगिताका लागि मंच , प्याराफिट , दर्शकदिर्घा बस्ने ठाउँ बनाइएको छ । खेल तयारी सम्बन्धमा शनिबार दमाैलीमा अायाेजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मिनबहादुर गुरूङ ( चरिबाबा ) ले ३५ टिमले टिम दर्ता गरेको बताए ।


खेलमा अन्य क्लबले स्वदेश तथा विदेशका खेलाडी समावेश गरेपनि व्यासले आफ्नै खेलाडी खेलाउने बताए । हाम्रो उद्धेश्य स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने र खेलबाट बचेको पैसाले कुलतमा लागेका युवाहरूलाई सामाजिक उत्तरदायित्वकाे भावनामा ल्याउनु पर्छ भन्ने पनि हाे गुरूङले भने ।


राष्ट्र विकासमा युवाहरूको प्रतिवद्भता , सिर्जनशिल , लगनशील सहभागीता नाराका साथ नेपाली हरूकाे महान चाड बडदसैं , दीपावली र छठका अवसरमा प्रतियोगिता गर्न लागिएको क्लबका सचिव मनाेज राउतले बताए ।

प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमश १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ नगदका साथै मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरिने खेल संयाेजक केशव रानाले बताए ।


त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गाेलकिपर र सर्वाधिक गाेलकर्ता घोषणा गरि जनही ५ हजार रूपया पुरस्कार दिइने रानाले बताए ।


पत्रकार सम्मेलनमा क्लबका पुर्व अध्यक्ष एवम् व्यास ६ का वडा अध्यक्ष तथा प्रवक्ता जीवन गुरूङ कुमारले खेलकुद मैदान प्रयाप्त नहुँदा खेल खेलाउन नसकिएको बताए । सेभेन ए साइड बाट नाएन ए साइड मा अहिले खेल हुन लागेको भन्दै गुरूङले अब इलाभेन ए साइड खेलकाे लागि बाताबरण तयार पार्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पाैडेल , रिपाेटर्स क्लब गण्डकीका अध्यक्ष मदन वाग्ले लगायतले खेलकाे महत्त्वकाे बारेमा बाेल्दै क्लवले गरेको कामको सराहना गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी