
भिमादः भिमाद नगरपालिका वडा नं. ५ मिछर्लुङमा एक बलेरो जीप पल्टँदा चालकको घटनास्थलमै ज्यान गएको छ ।
मडुवा स्थित ऋषिङ भिमाद भित्र सडक खण्डमा ऋषिङबाट भिमादतर्फ गैरहेको ग.३च २१२९ नम्बरको बलेरो सडकबाट करिब ३० फिट तल खस्दा भएको दुर्घटनामा स्याङजा हरिनास गाँउपालिका ५ निवासी ४० वर्षका केशबहादुर थापा छन् ।
उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनामा ३ घाइते
म्याग्दे गाउँपालिका वडा नं. १ गुणादी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सिमेन्ट लोड गरी धादिङबाट पोखरा तर्फ जादै गरेको ना ६ ख २७०७ न.को ट्रक सडक छेउमा पल्टँदा चालकसहित तीन घाइते छन् ।
उनीहरुको उद्धार पछि पोखराको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।