उम्मेदवारी घोषणा गर्दै विश्व बाँस्तोलाले के भने ?

  • ख-
  • ख+


दमौली: तनहुँ जिल्ला क्षेत्र नं १ काे संघिय साँसदका लागि बिश्व बास्तोलाले स्वतन्त्र उमेदवारि घाेषणा गरेका छन् । बिहिवार सामाजिक सञ्जाल मार्फत एक लामो स्टाटस लेख्दै बास्तोलाले उमेदवारि घाेसणा गरेका हुन् । उनको भनाइ यस्तो छ ।:

आदरणीय साथिहरु, नमस्कार ! जय नेपाल !!
समय र परिस्थितिले मानिसलाई कतिपय निर्णयमा पुग्न उत्प्रेरित गर्दो रहेछ , बाध्य पार्दो रहेछ । हाम्रो समाज प्रगतिको पथमा अघि बढ्न नसक्नुमा कहि कतै तपाईं हाम्रै पनि कमजोरी रह्यो कि ? आत्म समिक्षा गर्ने बेला आएको छ । प्रजातन्त्र प्राप्ति पछिका ३१ बर्ष सम्म हामिले अभ्यास गरेको राजनितीले नेता र कार्यकर्ताको बीचमा मालिक र दासको जस्तो सम्बन्ध विकसित हुन गएको कुरा महसुस गरेर पनि बोल्न नसक्नु र नेतालाई खुशी नपारी केही पाइदैन भन्ने मान्यता स्थापित भएका कारण आज राजनीति का प्रती आम निरासा उत्पन्न हुन गएको छ । यश बिचमा न्यायपालिका , शैक्षिक क्षेत्र , प्रहरी प्रशासन , कर्मचारी तन्त्र लगायतका राज्य संयन्त्र मा चरम राजनीति करण गरि, भ्रष्टाचार, बेथिति र बिकृतीलाई सामाजिक मान्यता दिलाउने तर
गरिब ,किसान ,मजदुर र मध्यम बर्गका समस्या का प्रती नेतृत्व उदासीन भएका कारण सिमित बर्ग र ब्यक्तिहरुले सत्ता र शक्तिको आडमा राज्यशक्तिको दुरुपयोग गरि अकुत सम्पत्ती आर्जन गर्दै जानूले बर्तमान राजनितिको चरित्र उदाङ्गो बनाएको छ । नेताहरुले गरे भनेको बिकास जनताले अनुभुती गर्न पाउनु पर्दछ, न कि नेताले आफ्नो बखान आफै गरेर थाक्नु परोस ।
एउटा लोकतान्त्रिक समाजमा आमनागरिकमा अमन चैन कायम हुनुपर्दछ , अबसरहरुको स्वस्थ प्रतिस्पर्धा हुनुपर्दछ । परोपकारी राज्य संरचना अन्तर्गत नेतृत्वबर्ग सधै आमनागरीकको हितमा कसरी काम गर्न सकिन्छ भनेर तल्लिन हुनु पर्नेमा नेताहरु आफ्नै उन्नती र प्रगति मा केन्द्रित हुँदै आएको परिणाम आम मतदाता निरास हुन पुगेका छन । ३१ बर्ष को अन्तरालमा जिल्लामा आज सम्म स्वास्थ्यको क्षेत्रमा एउटा गतिलो अस्पताल बनेन, शिक्षाको क्षेत्रमा एउटा सरकारी क्याम्पस बनेन । अरु त छोडौ २८ बर्ष अघि बनेको सदरमुकाम संग जोडिएको केशवटार मार्ग आजसम्म पिच हुन सकेन । मिर्लुङ जस्तो घना आबादी भएको गाउँमा बिकासले किन छुन सकेन ? यस्तो अवस्थामा यी तमाम मुद्दाहरु पुरानै नेताहरुबाट आशा गर्नु भनेको “नयाँ बोत्तलमा पुरानै रक्सी सजाए जस्तै हो ।”
आउनुस यस पटक केही नयाँ शीराबाट सोचौ ,नेता र जनता मालिक र दास होइन, सहयात्री र सारथी बनौ , परिवर्तन आफै बाट सुरुवात गरौं । मेरो ३६ बर्ष लामो राजनैतिक यात्रामा मेरा अग्रजहरु, राजनितिक सहकर्मिहरु र शुभचिन्तकहरु बाट मलाई प्राप्त साथ र सहयोग नै मेरो तागत हो । यहाँ हरुको अपेक्षा , साथ र सुझावलाई शिरोपर गर्दै आउदो मङ्सिर ४ गते हुने आमनिर्बाचनमा तनहुँ क्षेत्र न १ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको लागी यथास्थिति वादका बिरुद्द परिवर्तनको पक्षमा मेरो स्वतन्त्र उम्मेदवारी रहने जानकारी गराउदछु । मेरो उम्मेदवारी के का लागि भन्ने सम्बन्धमा क्रमशः आफ्ना धारणाहरु राख्ने प्रतिवद्द्ता व्यक्त गर्दै यहाँहरुको सुझाव, साथ र सहयोग को अपेक्षा गर्दछु । नमस्कार ! जयनेपाल !!

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्