गठबन्धन भागवण्डा ः तनहुँका दुवै प्रतिनिधि सभा क्षेत्र कांग्रेसलाई

  • ख-
  • ख+

दमौलीः तनहुँका दुईवटै प्रतिनिधि सभा क्षेत्र कांग्रेसको पोल्टामा जाने देखिएको छ । केही समयअघि देखि नै निरन्तर छलफलमा रहेका भनिएका सत्तारुढ गठबन्धनका दलहरु टिकट वितरणमा सहमति नजिक पुगेको सार्वजनिक भएको छ । अब केही सिटको हिसाब मिल्न बाँकी रहेको विवरण आउँदै गर्दा तनहुँका दुईवटै प्रतिनिधि सभा क्षेत्र भने कांग्रेसकै पोल्टामा परेको छ ।

यस अघि नै तनहुँका दुईवटै क्षेत्रमा कसैबाट दावी नपरेको भन्दै गठबन्धनमा पहिलो चरणमा भएको सहमतिकै आधारमा तनहुँका दुईवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र कांग्रेसको पोल्टामा परेको एक नेताले बताए । गठबन्धनले बुधबार मिडियामार्फत सार्वजनिक गरेको विवरणमा पनि तनहुँका दुईवटै क्षेत्र कांग्रेसको पोल्टामा परेको उल्लेख छ ।


तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रमुख दावेदार रहँदै गर्दा केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई र शंकर भण्डारी पनि सो ठाउँमा टिकटका दावेदार छन् । क्षेत्र नम्बर २ मा भने प्रदीप पौडेलको टिकट करिब निश्चित छ ।
वरिष्ठ नेता पौडेलले भट्टराई र भण्डारीलाई पनि व्यवस्थापन गर्ने भने पनि ठोस विवरण आएको भने छैन ।


एमालेमा भने क्षेत्र नम्बर १ बाट एकबहादुर राना तथा २ मा केदार सिग्देल र किरण गुरुंग दावेदार छन् । क्षेत्र १ बाट पनि रानाको ठाउँमा रामबहादुर गुरुंग वा अरु केही नाम आउन सक्ने एमाले श्रोतको दावी छ । एमालेले अहिले पार्टीका अलावा अन्य पक्षसँग पनि संवाद चलाइरहेको छ । कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पनि एमालेकै साथमा चुनाव लड्ने विश्वासका साथ चुनावी अभियानमा सक्रिय छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्