
दमौलीः ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय तनहुँद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा सत्यवती माविकी दीपा विक प्रथम भएकी छन् ।
यसैगरी, पञ्चमुनीदेव माध्यमिक विद्यालयका अनुप लामिछाने दिवतिय तथा शुक्लागण्डकी माविकी मनिता राना तेश्रो भएका छन् ।
उनीहरुले बालमैत्री समाजको आधार? जिम्मेवार परिवार, उत्तरदायी सरकार विषयमा आफ्ना भनाइ राखेका थिए । बुधबार आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कार वितरण गरिएको ऋषिंगका गण्डकी प्रदेश बाल परिषद् काेषाध्यक्ष विवेक श्रेष्ठले जानकारी दिए ।
सामाजिक बिकास कार्यालय तनहुँका प्रमुख बिक्रम सुबेदिकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारि , बाल सन्जाल अध्यछ्य बर्षा गुरुङ , ब्यबस्थापक शारदा गैह्रे पौडेल लगायतको उपस्थिति रहेको थियो ।