
आँबुखैरेनीः महालक्ष्मी विकास बैंक ,आँबुखैरेनी शाखाले आँंबुखैरेनी क्याम्पसलाई १५ थान पंखा सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ती सहयोग गरिएको शाखा प्रमुख दीपक अधिकारीले बताए ।
क्याम्पस संचालक समितिका अध्यक्ष वंशीराम प्रधानले नेपालका अधिकांश सामुदायिक क्याम्पसहरू आर्थिक समस्यामा रहेको भन्दै सहयोगले अध्ययन अध्यापन र व्यवस्थापनमा सहयोग मिलेको बताए ।
शाखा प्रवन्धक अधिकारीले अरु सामाजिक उत्तरदायित्वमा पनि बैंक अघि बढ्ने प्रतिवद्धता जनाए ।