पृथ्वीनारायणद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

  • ख-
  • ख+

दमौलीः आसन्न प्रतिनिधि सभा निर्वाचनअन्र्तगत तनहुँ क्षेत्र नं १ मा चुनाव लड्ने पृथ्वीनारायण श्रेष्ठले घोषणा गरेका छन् ।


कलाकारसमेत रहेका उनले दमौलीमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरे ।
२०४४ सालदेखि आफू दलीय राजनीतिमा आबद्ध भएको तर दलहरूले आन्दोलन र सत्तामा जाँदा फरक व्यवहार गरेपछि अलग भएको उनले उल्लेख गरे ।


‘दलहरूले जनता र देशप्रति धेरै बेइमानी गरे , हामीले परिवर्तन चाहेका थियौं, प्रगति चाहेका थियौं । तर, त्यसको सट्टा यथास्थिति र अवसरवाद मात्रै पाएको’ भन्दै उनले त्यसलाई चिर्न उम्मेदवारी दिएको बताए ।


आफ्नो व्यक्तित्व, विचार, योग्यता, दृष्टिकोण र कार्यक्रमले आफुले स्वतन्त्र रूपमा उठेर चुनाव जिति सेवकको रूपमा काम गर्ने लक्ष्यका साथ मैदानमा आएको श्रेष्ठले बताए । आ

फ्नो चुनावी अभियानलाई साथ सहयोग गर्न उनले आम तनहुँवासीलाइ अपिल गरेका छन् । तत्कालीन एमालेमा आवद्ध उनी नेकपा एस्का केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठका भाई हुन् । उनी मूर्तिकारितामा चर्चित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्